देशभर ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि

देशभर आज ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

१२ हजार १ सय ९५ नमुनाको पिसिआर तथा एन्टीजेन विधिबाट परिक्षण गर्दा ७ सय ८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै आज ८ सय ८८ कोरोना संक्रमित निको भएका छन् । तथ्याङ्क अनुसार हालसम्म ९६ दशमलव ८ प्रतिशत संक्रमित निको भइसकेका छन् ।

सङ्क्रमणबाट आज थप १२ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार २ सय ४३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 


ताजा खबर