बडादशैंको शुभकामना

शोभा सिलवाल/ पाण्डेय

वर्षा ऋतु सकिएर शरद ऋतु लाग्यो

दुःख पिर हटी अब  उमङ्ग नै जाग्यो ।

सोह्र श्राद्ध सकिएर नवरात्री लाग्यो

घर सम्झी  परदेशीका परेली भिज्यो ।

पाँच दिनको छुट्टी हुन्छ सबमा हर्ष छायो

मालश्रीको धुनले हाम्रो मनमै  ऊर्जा भर्‍यो । 

घटस्थापना सुरु भयो मा शैलपुत्री पूजा गरी 

मा ब्रह्माचारिणी,चन्द्रघण्टा दोस्रो तेस्रो दिन गरी ।

मा कुष्माण्डा, स्कन्दमाता मा कात्यायनीयसै गरी

क्रमशः पूजा गर्दै जाँदा अनि ।

मा कालरात्री सप्तमी, अष्टमीमा महागौरी

महानवमीमा सिद्धिधात्री पूजा गर्छौ श्रद्धा गरी ।

दशमीको दिनमा टीका थापी लगाइन्छ जमरा

हाम्रो देशको  संस्कृति लाग्छ  सबलाई प्यारा । 

सहरबाट झोला बोकी दशैँ मान्न लागे गाउँतिर

हुनेखानेलाई मोजमस्ती गरिबलाई झनै पिर ।

सबै जनमा सुख चैन यो दशैँले ल्याओस् 

वैमन्यश्यता हराएर हर्ष ,उमङ्ग छाओस् ।

२०७८ सालको दशैँमा उच्च रहोस् सबको  भावना

मान्यजन,इष्टमित्र , साथी सबैमा बडा दशैंको अपार शुभकामना । शुभकामना !!     


ताजा खबर