थप ७ सय ६० जनामा कोरोना भाइरसको संक्रमण

कोरोना भाइरसबाट आज थप ७ सय ६० जना संक्रमित भएका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ६ हजार १ सय ६८ नमूनाको  पिसिआर परीक्षण गर्दा ६ सय ३६ जना तथा ५ हजार ८ सय ६३ नमूनाको ऐन्टीजेन परीक्षण गर्दा १ सय २४ जनामा संक्रमण पुष्टि भएको छ । 

यस्तै आज थप ८ सय ९९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने संक्रमण मुक्त हुने दर ९६ दशमलव ७ प्रतिशत रहेको छ । 

मन्त्रालयका अनुसार देश भर गरी १५ हजार ३ सय ४० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । 

सक्रिय सङ्क्रमितमध्ये १४ हजार १ सय ६८ जना होम आइसोलेसनमा रहेका छन् भने बाँकी १ हजार १ सय ७२ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेसन सेन्टरमा रहेका छन् । 

अस्पताल भर्ना भएका सङ्क्रमितमध्ये ३ सय १७ जनाको आइसियु र १ सय १३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

यसैगरी आज थप ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो सँगै नेपालमा हाल सम्म कोरोनाका कारण मृत्यु हुनेको कूल सङ्ख्या ११ हजार २ सय २१ पुगेको मन्त्रालयले जनाएको छ । 


ताजा खबर