नवनियुक्त मन्त्रीहरुद्वारा शीतल निवासमा शपथ ग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।

राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा  नवनियुक्त मन्त्रीहरूलाई  पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा(१ ) बमोजिम आज नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको थियो । 

त्यस्तै, प्रधानमन्त्री देउवाले नवनियुक्त दुई जना राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।  

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादवलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । 


ताजा खबर