पोखरा राइनोज ईपीएल टी-२० को फाइनलमा

एभरेष्ट प्रिमियर लिग क्रिकेट इपीएलमा पोखरा राइनोज फाइनलमा प्रवेश गरेको छ । 

बिहीबार भएको क्वालीफायरमा भैरहवा ग्लाडियटर्सलाई ७ विकेटले पराजित गर्दै पोखराले फाइनल यात्रा तय गरेको हो । फाइनलमा पोखराले उपाधिका लागि चितवन राइनोजसँग खेल्ने छ । चितवनले पहिलो क्वालीफायरमा पोखरालाई पराजित गर्दै यसअघि नै फाइनलमा स्थान बनाएको थियो । 

१२० रनको लक्ष्य पछ्याएको पोखराले १० बल बाँकी छँदै ३ विकेट गुमाएर पुरा गरेको थियो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको भैरहवाले निर्धारित ओभरमा ६  विकेट गुमाएर ११९ रन मात्रै बनाउन सक्यो । यसअघि ब्याटिङमा उत्कृष्ट रहेको भैरहवाको टिमले पोखराविरुद्ध भने खुलेर रन बनाउन असफल रह्यो । –रासस


ताजा खबर