हर्ष बढाइ सहित गोरखा दरबारको दसैँ घरमा जमरा राखियो

गोरखा दरबारको दसैँ घरमा जमरा राखिएको छ ।

कैलाश कोठाबाट भगवतीलाई मूल पुजा कक्षामा सारेर बाजागाजासहित मंगलधुन बजाएर हर्ष बढाइ गरेर गोरखाको गोरखकाली दरबारस्थित मूल पूजा कक्ष, गोरखनाथ मन्दिर, उपल्लो कोट, तल्लोकोटमा आज जौको जमरा राखिएको हो । 

चार पाथी जौको जमरा आज बिहान चित्रा नक्षत्र र वैघृति योग पूजा एवं हवन गरी ११:४६ मिनेटको साइतमा घटस्थापना गरिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि प्रसाद भुसालले बताउनुभयो  । 

दसैँ घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरूपा दुर्गा देवीको पूजा आराधना सुरु हुन्छ ।

घटस्थापना कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रमुख लगायतको सहभागिता रहेको थियो ।


ताजा खबर