आज आश्विन शुक्ल प्रतिपदा : सोह्रश्राद्ध आज सकिदै

हिन्दु परम्पराअनुसार पितृपक्ष अर्थात् सोह्रश्राद्ध आज सकिदै छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म १६ दिनको पितृपक्षमा दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिन्छ ।

चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा छ । वडादशैँ र तिहारजस्ता ठूला चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई पितृप्रतिको दायित्व बोध गराउनाका साथै पितृ ऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने विश्वास छ ।

सोह्र श्राद्ध सकिएसँगै भोलीबाट बडादशैको नौरथा सुरु हुँदैछ । नौरथासंगै चाडपर्वको चहलपहल पनि शुरु हुँदैछ । नवरात्रको पहिलो दिन भोली घटस्थापना हो ।-रासस


ताजा खबर