रोजगार अनुमति प्रणाली सञ्चालन निर्देशिका स्वीकृत

सरकारले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ स्वीकृत गरेको छ । 

मन्त्रिपरिषद् बैठकले यसका साथै प्रशासन समूहका सहसचिव रविलाल पन्तलाई सचिव पदमा बढुवा गर्ने, वैदेशिक रोजगार न्यायाधीरकणको रिक्त सदस्य पदमा सह न्यायाधिवक्ता डा. गोपीचन्द्र भट्टराईलाई तोक्ने र ऋण असुली न्यायीकरणको रिक्त कानुन सदस्य पदमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव विष्णुप्रसाद रेग्मीलाई नियुक्ति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

यसैगरी बैठकले यही असोज २४ गतेदेखि २८ सम्म परराष्ट्र मन्त्रीको नेतृत्वमा असंलग्न आन्दोलनको उच्चस्तरीय बैठकमा सहभागी हुने प्रतिनिधि मण्डलको गठन गर्ने र विद्युतीय राहदानीको बुकलेटमा उल्लेख हुने सुरक्षा विशेषताहरू स्वीकृत गर्ने निर्णय गरेको पनि प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।


ताजा खबर