१ हजार १ सय १४ जना कोरोना सङ्क्रमणमुक्त

९ सय ६८ संक्रमित थपिए, ६ जनाको मृत्यु

मंगलवार देशभर ९ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् । 

१६ हजार ४२ जनाको नमुना परीक्षण गर्दा ९ सय ६८ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

गएको २४ घण्टामा १ हजार १ सय १४ जना संक्रमण मुक्त भएका छन् । यो सँगै कोरोना सङ्क्रमणबाट निको भएको दर ९६ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

कोरोना सङ्क्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट अहिलेसम्म ११ हजार १ सय ८० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको हो । 

देशभरका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी १६ हजार २ सय ४८ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेका छन् । जसमा ३ सय ३५ जना आइसियु र १ सय २२ जनाले भेन्टिलेटरमा उपचार गराइरहेको मन्त्रालयले जनाएको हो । 


ताजा खबर