म्यानमारसँगको मैत्रीपूर्ण खेलमा हार्‍यो नेपाल

म्यानमारसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ।

म्यानमारमा बिहीबार भएको खेलमा नेपाल ३–० गोलले पराजित भएकोहो।

पहिलो हाफमा २ गोल खाएको नेपालले दोस्रो हाफमा १ गोल बेहोरेको थियो।

म्यानमारका लागि आङ थुले दोस्रो मिनेटमै गोल गरेका थिए।

यस्तै पहिलो हाफको अन्त्यमा डभिड हटाले दोस्रो गोल गरेका थिए। हलाइङ बोबोले दोस्रो हाफमा अर्को गोल गरे।

फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट खेलको तयारीका लागि नेपालले म्यानमारसँग मैत्रीपूर्ण खेल खेलेको हो।

छनोटअन्तर्गत नेपालले आगामी मंसिर ३ गते कुवेतसँग खेल्दैछ।

दशरथ रंगशालाको मापदण्ड नपुगेपछि खेल न्यूट्रल भेन्यूमा खेल्नु पर्ने भएको छ। जसका लागि एन्फाले भुटानमा खेल्ने प्रस्ताव गरेको छ।

चार वटै अवे म्याच खेलिसकेको नेपालले १ खेलमा मात्र जित हात पारेको छ।

समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा कुवेतसँग ७–० गोलले पराजित भएको थियो। दोस्रो खेलमा चाइनिज ताइपेईलाई २–० ले हराएको नेपाललाई तेस्रो खेलमा अस्ट्रेलियाले ५–० ले हरायो। चौथो खेलमा नेपालमाथि जोर्डनले ३–० को जित हात पारेको थियो।

रासस


ताजा खबर