परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्कासँग नेपालका लागि चीनका राजदूत होउ यान्छीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।    
    
 मन्त्रालयमा सोमवार भएको भेटमा उहाँहरुबीच नेपाल–चीनबीचको सम्बन्ध, कोभिड–१९ विरुद्धको खोप सहयोगलगायत विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्री खड्काले यही असोज ६ गते मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको हो ।    


ताजा खबर