दशैंको टीकाको शुभ साईत २९ गते विहान १०:२ बजे

अन्तर्राष्ट्रिय पञ्चाङ निर्णय समितिले विभिन्न देशका लागि यो बर्षको दसैं टीकाको साईत सार्वजनिक गरेको छ ।

समितिसँग विभिन्न देशमा बसोबास गर्ने सनातनधर्मावलम्बीहरुबाट दसैँ टिकाको साइतबार जिज्ञासा राखेका कारण समितको विहिबार बसेको बैठकले विज्ञप्तिमार्फत देश-ठाउँ अनुसारको साइत सार्वजनिक गरेको हो ।

विज्ञप्तिमा नेपालका लागि टीकाको शुभसाईत २०६८ असोज २९ गते विहान दश बजेर दुई मिनेट रहेको उल्लेख छ । नेपाल बाहिर भारतमा १५ अक्टोबर ९ः५५ बजे, न्यूयोर्क अमेरिकामा १५ अक्टोबर ९ः२१ बजे, केन्टुकी अमेरिकामा ८ः४५ बजे, टेक्सास अमेरिकामा १५ अक्टोबर विहान ८ः४५ बजे, क्यालिफोर्नियामा १५ अक्टोबर विहान ७ः१५ बजे रहेको छ ।

समितिले टिकाको निमित्त सबैभन्दा उपयुक्त समयका रुपमा निर्धारण गरिएको र सो दिन आफ्नो अनुकुल समयमा टिका लगाउन सक्ने पनि विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।


ताजा खबर