साफ च्याम्पियनसिपमा नेपालको ऐतिहासिक जित

साफ च्याम्पियनसिप फुटबलमा पहिलोपटक नेपालले माल्दिभ्सलाई पराजित गरेको छ ।

साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्समाथि १–० को ऐतिहासिक जित निकालेको छ । पहिलो हाफ बराबरी खेलेको नेपालले दोस्रो हाफमा सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका मनीष डाँगीले ८६औं मिनेटमा उत्कृष्ट गोल गर्दै माल्दिभ्सलाई पराजित गरेको हो ।

विजयीपछि नेपालको तीन अंक भएको छ । खेलको ५९ औं मिनेटमा इब्राहिम हसनको हेडलाई गोलकिपर किरण लिम्बूले उत्कृष्ट बचाउ गरे । मालेस्थित नेसनल स्टेडियममा भएको प्रतियोगिताको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले हराएको थियो ।


ताजा खबर