कम्युनिष्ट शक्ति एकताबद्ध बनाउने ओलीको प्रतिवद्धता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट शक्तिलाई एकताबद्ध बनाएर लैजाने बताउनुभएको छ । 

ललितपुरको गोदावरीमा जारी पहिलो विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई सही दिशामा अगाडि बढाउनुपर्ने अभिभारा नेकपा एमालेको काँधमा आएको बताउनुभयो । 

अध्यक्ष ओलीले कम्युनिष्ट पार्टीका नाममा सत्ता र पदमा लोभिएर जानेहरू र दक्षिणपन्थीहरुले पार्टीविरुद्ध घेराबन्दी सुरु गरेको भन्दै त्यसको प्रतिवाद गर्नुपर्नेमा जोड दिनुभयो । 

अध्यक्ष ओलीले नेकपा एमाले विदेश नीतिमा राष्ट्रिय हितको रक्षा र सबैसँग मित्रता कायम गर्दै अघि बढ्ने बताउनुभयो । 

उहाँले छिमेकी देशका जायज चासोप्रति सजक हुँदै त्यस्तै सम्मान आफूहरूले पनि छिमेकीबाट चाहेको बताउनुभयो । 

अध्यक्ष ओलीले संविधानकै कारण नेपाली समाज राजनीतिक स्थायित्व र समृद्धिको चरणमा प्रवेश गरेको भन्नुहुँदै आगामी दिनमा संविधानको रक्षा र कार्यान्वयनमा पार्टीले यसैगरी नेतृत्वदायी भूमिका खेल्ने स्पष्ट पार्नुभयो ।

नयाँ राजनीतिक परिस्थितिमा पार्टीको नीति र विधि तय गर्न तीन दिने विधान महाधिवेशन सुरु भएको हो । 

महाधिवेशनको बन्द सत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष केपी शर्मा ओलीले  राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलो विधान महाधिवेशनमा प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन : (पूर्णपाठ


ताजा खबर