नेकपा एमालेको विधान महाधिवेशन सुरु

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरीमा सुरु भएको छ ।

निर्धारित समयभन्दा केही ढिलो सुरु भएको विधान महाधिवेशनको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर र विधान महाधिवेशनको लोगो अनावरण गरेर उद्घाटन गर्नुभयो ।

ऐतिहासिक मानिएको नेकपा (एमाले)को विधान महाधिवेशनको सञ्चालनका क्रममा नेकपा एमालेका सचिव प्रदीप कुमार ज्ञवालीले नेकपा एमाले फुटाउने मनसायका साथ अध्यादेश ल्याइएको र मुलुकलाई प्रतिगमन तिर धकेल्ने षडयन्त्र गरिएको आरोप लगाउनुभयो ।

उहाँले नेकपा एमालेको विभाजनले एमाले भित्र मात्र नभएर राष्ट्रको विकास र उन्नतिलाई समेत बाधा पुर्‍याएको जिकिर गर्नुभयो ।

नयाँ राजनीतिक परिस्थितिमा पार्टीको नीति र विधि तय गर्न एमालेले तीन दिनसम्म विधान अधिवेशन गर्न लागेको हो ।

महाधिवेशनको बन्द सत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष केपी शर्मा ओलीले  राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले  विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।


ताजा खबर