थप १ हजार ६६ जनामा कोरोना संक्रमण

नेपालमा कोरोना भाइरसबाट आज थप १ हजार ६६ जना संक्रमित भएका छन् । 

आज १० हजार १ सय १३ नमूनाको पिसिआर परीक्षण गर्दा ८ सय ९८ जना तथा ३ हजार २ सय ५५ नमूनाको एन्टिजेन परीक्षण गर्दा १ सय ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यसैगरी आज थप ९ सय ३८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने सङ्क्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत रहेको छ । 

यस्तै आज थप १३ जनाको मृत्यु भएपछि हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल सङ्ख्या ११ हजार १ सय ४८ पुगेको छ । 

मन्त्रालयको तथ्याङ्क अनुसार आज देश भर गरी १८ हजार १ सय १५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । 

सक्रिय संक्रमित मध्ये १ हजार २ सय ३४ जना अस्पताल तथा विभिन्न संस्थागत आइसोलेसन सेन्टरहरूमा रहेका छन् भने बाँकी १६ हजार ८ सय ८१ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।


ताजा खबर