राष्ट्रपतिद्वारा ज्येष्ठ नागरिक दिवसको शुभकामना

‘सबै उमेर समूहकालागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ भन्ने नाराका साथ आज ३१ औँ अन्तर्राष्ट्रिय जेष्ठनागरिक दिवस मनाइदैंछ ।

संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रुपमा मनाउने प्रस्ताव पारित गरेपछि सन् १९९० देखि आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रुपमा मनाउँदै आइएको छ । 

३१ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ज्येष्ठ नागरिकहरूको सु–स्वास्थ्य,दीर्घायु तथा सम्मानित जीवनका लागि शुभकामना व्यक्त गर्नु भएको छ । 

राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकको जीवनबाट वर्तमान युवापुस्ताले जीवन उपयोगी सिकाइ ग्रहण गर्न सक्ने पनि उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले पूर्वीय संस्कृतिमा आधारित आदर्श परिवारको महत्त्व बुझ्न र बुझाउन यो दिवसले  सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुहुँदै जेष्ठ नागरिकको जीवनलाई मर्यादित र सुखमय बनाउन सबैलाई आव्हान गर्नुभएको छ ।  –रासस


ताजा खबर