ईपीएल टी-२०मा भैरहवा ग्लाडीयटर्सको पहिलो जीत

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा भैरहवा ग्लाडीयटर्सको पहिलो जीत हात परेको छ ।

कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार विराटनगर वारियर्सलाई ६ विकेटले पराजित गर्दै भैरहवा विजयी भएको हो ।

विराटनगरले दिएको ९० रनको सामान्य लक्ष्य भैरहवाले १५ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गरेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १७ ओभर ४ बलमा अलआउट हुँदै ८९ रन बनाएको थियो । 


ताजा खबर