थप १ हजार १ सय ५७ मा कोरोना संक्रमण पुष्टि

कोरोनाबाट संक्रमण हुने दर ५२ दशमलव ३ प्रतिशतले घट्यो

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुने दर ५२ दशमलव ३ प्रतिशतले घटेको छ । 

गत महिना देशभर ३६ हजार ८ सय ६६ जना सक्रिय संक्रमित रहेकोमा आज निको भएर १८ हजार १ सय ९३ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।  

संक्रमित हुनेको सङ्ख्या घट्दो र निको हुनेको सङ्ख्या बढिरहेकाले नेपाल भरी भएका सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घटेको तर सङ्क्रमणको जोखिम भने कायमै  रहेको प्रवक्ता डा. पौडेलले बताउनुभयो । 

देशभर आज १ हजार १ सय ५७ जना कोरोना संक्रमित थपिएका छन् । 

१० हजार ६ सय ५२ वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा ८ सय ९२ जना तथा ३ हजार ८ सय ८९ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा २ सय ६५ जना गरी जम्मा १ हजार १ सय ५७ जनामा  संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

यसै गरी काठमाडौँ उपत्यकामा ३ सय ३५ जना कोरोना संक्रमित थपिएका छन् । 

काठमाडौँमा २ सय ६५, भक्तपुरमा २८, ललितपुरमा ४२, गरी जम्मा ३ सय ३५ संक्रमित थपिएको प्रवक्ता डा. पौडेलले जानकारी दिनुभयो । 

गत २४ घण्टामा १ हजार १ सय १३ जना संक्रमण मुक्त भएका छन् । 

कोरोना सङ्क्रमणबाट आज ८ जनाको मृत्यु भएको छ । 

९ वटा जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयका प्रवक्ता डा. पौडेलले जानकारी दिनुभयो । 


ताजा खबर