अध्यादेश जारी गर्ने र फिर्ता लिने सरकारका दुवै निर्णय गलत : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्ने र फिर्ता लिने सरकारका दुवै निर्णय गलत मनसायबाट प्रेरित रहेको बताउनुभएको छ ।

पूर्व प्रधानमन्त्री ओलीले आज काठमाडौँमा आयोजित सञ्चारकर्मीहरू सँगको अन्तरक्रियामा अचानक संसद् अधिवेशन अन्त्य गरी अध्यादेश जारी गर्ने तथा संसदमा विचाराधीन अवस्थामा रहेको अध्यादेश सूचना जारी गरी फिर्ता लिने निर्णयले संसदीय व्यवस्था एवं लोकतान्त्रिक मान्यता विपरीत भएको बताउनुभयो । 

अध्यक्ष ओलीले तत्कालको लाभ–हानिका आधारमा नभई लोकतन्त्रको दीर्घकालीन भविष्यका लागि आफ्नो पार्टीले सरकारी कार्यशैलीको विरोध गरिरहेको बताउनुभयो । 

सञ्चारकर्मीको एक प्रश्नको जवाफमा अध्यक्ष ओलीले सरकारले कुनै ठोस निर्णय गरी प्रक्रिया अगाडि नबढाउँदा सम्म प्रतिपक्षी दलको निर्णयले कुनै खास अर्थ नराख्ने हुनाले अमेरिकी सहयोग एमसिसीका सन्दर्भमा एमालेले कुनै धारणा नबनाएको पनि स्पष्ट पार्नुभयो ।


ताजा खबर