बी पी कोइराला राष्ट्रिय पुरस्कारको स्थापना गर्ने सरकारको निर्णय

मन्त्रिपरिषद्को बैठकले बी पी कोइराला राष्ट्रिय पुरस्कारको स्थापना गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को बैठकले रासायनिक मल नियमन दोस्रो संशोधन आदेश २०७८ स्वीकृत गरेको, समाज कल्याण परिषद्का उपाध्यक्ष, कोषाध्यक्ष, सदस्य सचिव र सदस्यहरूले दिनुभएको राजीनामा स्वीकृत गर्ने लगायतका निर्णयहरू गरेको जानकारी दिनुभयो ।

सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय सदन समक्ष पेस गर्न निर्णय गरेको छ । बैठकले तेजाब सम्बन्धि विधेयकका अतिरिक्त सपथ र नेपाल प्रहरी सम्बन्धी विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषदले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा गुल्मीका विष्णु सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

बैठकले बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय समेत गरेको छ ।


ताजा खबर