उपनिर्वाचनमा सेना खटाउने सरकारको निर्णय : नेपाल प्रहरी र सशस्त्र प्रहरीपनि साथमा खटाइने

मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकले गरेका निर्णय बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभा/प्रदेशसभा र स्थानीय तह निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने सरकारको निर्णय भएको बताए।

‘प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको लागि हुने उपनिर्वाचनमा नेपाली सेना परिचालन निर्णय भएको छ,’ उनले भने।

उपनिर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि खटिन्छन्।

रासस


ताजा खबर