नेपालसँग अब्बल क्रिकेट खेल्ने राष्ट्र हुन सक्ने क्षमता छ

पाकिस्तानका पूर्व क्रिकेट कप्तान शाहिद अफ्रिदीले क्रिकेट कूटनीति मार्फत नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने सकिने बताउनु भएको छ ।

खेल पत्रकारहरुसंग आइतबार कुरा गर्नु हुँदै अफ्रिदीले नेपाल र पाकिस्तान को बीच क्रिकेट कूटनीति स्थापित गर्न जोड दिनु हुँदै, दुई देशका जनतालाई जोड्ने क्रिकेट कूटनीति आवश्यक रहेको बताउनु भयो।

अफ्रिदीले  नेपालमा अब्बल  क्रिकेट खेल्ने राष्ट्र हुन सक्ने क्षमता रहेको बताउनु भयो  । 

 उहाँले नेपालमा क्रिकेटको विकासमा विशेष ध्यान दिन  सरकारलाई आग्रह गर्नुभयो ।

आफूले सम्भव भएसम्म नेपाली क्रिकेट राष्ट्रिय टिमलाई समर्थन गर्ने बताउनु हुँदै, आफ्रिदीले  आगामी दिनहरूमा क्रिकेट खेल्ने नेपाली क्रिकेट टिम लाई पाकिस्तान लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।


ताजा खबर