देशभर ८३४ कोरोना संक्रमित थपिए : ९ जनाको मृत्यु

देशभर ८ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् ।

८ हजार ५ सय ८९ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा ७ सय ३०  जना तथा ५ हजार १ सय ४७ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा १ सय ४ जना गरी जम्मा ८ सय ३४ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

गएको २४ घण्टामा कोरोना सङ्क्रमणबाट १ हजार २ सय ७९ जना मुक्त भएका छन् । यो सँगै कोरोना सङ्क्रमणबाट अहिलेसम्म ७ लाख ६१ हजार १ सय ५४ जना निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट निको भएको दर ९६ दशमलव २ प्रतिशत रहेको छ । 

कोरोना सङ्क्रमणबाट ९ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९६ जना पुगेको छ । 

देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा १९ हजार १ सय ४२ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ । जसमध्ये ३ सय ६८ जनाले आइसियु र १ सय २० जनाले भेन्टिलेटरमा उपचार गराइरहेका छन् । 


ताजा खबर