सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक सकियो

सरकारलाई चाँडो पूर्णता दिने जिम्मा शीर्ष नेतालाई

सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक भर्खर सकिएको छ।

प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकमा मन्त्री परिषद् बिस्तार लगायतका विषयमा छलफल भएको थियो ।

छलफल कुनै टुंगोमा नपुगेपनि पर्सि मंगलबार पुन: बैठक बसेर मन्त्रीपरिषद विस्तार लगायका बिषयमा टुंगो लगाउने सहमति भएको प्रधानमन्त्री शेरवहादुर देउवाका स्वकीय सचिव भानु देउवाले नेपालटीभी अनलाइनलाई जानकारी दिनुभयो ।

आजको बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुको सहभागिता थियो । –रासस


ताजा खबर