नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज पनि बस्दै

नेकपा एमालेको केन्द्रीय समितिको जारी बैठक आज पनि बस्दैछ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा जारी वैठकमा आज समूहगत छलफलबाट आएको सुझावबारे पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेललगायतले जवाफ दिनुहुने कार्यक्रम छ ।

दुई दिनका लागि बोलाईको बैठक शनिबार नसकिएपछि आज पनि निरन्तरता दिन लागिएको हो । बैठक आज ११ बजेबाट सुरु हुनेछ ।

शुक्रबारदेखि शुरु बैठकले तीन प्रस्तावमा छलफल गर्न १० वटा समूह बनाएको थियो । समूहगत छलफल सकिएपछि टोली नेताहरुले निष्कर्ष सुनाउनुभएको थियो ।

अध्यक्ष ओलीले राखेको राजनीतिक प्रतिवेदन, महासविच ईश्वर पोखरेलले राखेको सांगठानिक र उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संधोधन प्रस्तावमा छलफल चलेको थियो। –रासस


ताजा खबर