ईपीएलमा आज दुई खेल : पहिलोमा विराटनगर र चितवन

एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज दुई खेल हुँदछ ।

पहिलो खेलमा विराटनगर वारियर्स र चितवन टाइगर्स तथा दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोज खेल्दैछन् ।

विराटनगर र चितवनबीचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ । यो खेल कीर्तिपुर मैदानमा हुनेछ । यस्तै भैरहवा र पोखराबीचको खेल दिउँसो साढे १ बजे सुरु हुनेछ ।

भैरहवामा शरद भेषवाकर र पोखरामा विनोद भण्डारी कप्तान रहेका छन् भने विराटनगरका कप्तान करण केसी र चितवनका सोमपाल कामी छन् ।

हिजो भएको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ७ विकेटले हराउँदै काठमाण्डौ किङ्स इलाभेनले विजयी सुरुवात गरेको छ । –रासस


ताजा खबर