प्रख्यात व्यवसायी तथा विपश्यना गुरु रुपज्याेति पक्राउ : अपार्टमेन्ट व्यवसाय सम्बन्धी ठगी मुद्दामा पक्राउ गरिएको प्रहरीको भनाई

काठमाडौँ– प्रतिष्ठित व्यापारिक घराना ज्योति ग्रुपका सदस्य रुपज्योतिलाई प्रहरीले पक्राउ गरेको छ।

रुपज्योतिलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई बिहीबार राति साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।

प्रहरी स्रोतका अनुसार सिंगापुरबाट सिल्क एयरमा आएका रुपज्योतिलाई ओर्लनासाथ पक्राउ गरिएको हो। उनलाई विमानस्थलबाट महानगरीय प्रहरी काठमाडौं लगिएको छ।

उनी पूर्वअर्थ सहायकमन्त्री समेत हुन्।

रुपज्योतिलाई जग्गा कारोबारमा ठगी गरेको आरोपमा पक्राउ गरिएको भनिए पनि प्रहरीले स्पष्ट खुलाएको छैन।

काठमाडौं परिसरका प्रहरी उपरीक्षक अशोक सिंहले रुपज्योति पक्राउ परेको पुष्टि गरे। उनले रुपज्योतिमाथि ठगीको मुद्दा रहेको बताए।

विजेन्द्रमान मल्लसमेतको जाहेरीले ठगी मुद्दामा रुपज्योतिलाई अनुसन्धानका लागि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले बताए।


ताजा खबर