काँग्रेसको ५२ जिल्लाका गाउँ र नगरपालिका स्तरीय अधिवेशन सम्पन्न

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज ५२ जिल्लाका गाउँ तथा नगर पालिका स्तरीय अधिवेशन सम्पन्न भएको छ ।

पूर्व निर्धारित मिति अनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लाहरूमा आज गाउँ तथा नगरपालिका अधिवेशन सम्पन्न भएको नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

आज अधिवेशन हुन नसकेका काठमाडौँ, मोरङ लगायतका बाँकी १२ जिल्लामा अनुकूलता अनुसार असोज १६ गते सम्ममा पालिका स्तरीय अधिवेशन सम्पन्न हुने काँग्रेसले जनाएको छ । 

यस्तै क्रियाशील सदस्यता विवादका कारण वडा अधिवेशन हुन बाँकी १३ जिल्लाको हकमा आगामी १, २ दिनभित्र नै क्रियाशील सदस्यको सूची प्रकाशित हुने र दशैं अगाडि नै सबै जिल्लामा पालिका स्तरीय अधिवेशन सम्पन्न गर्ने योजनाका साथ काम भइरहेको नेपाली काँग्रेसका मुख्य सचिव पौडेलले बताउनुभयो । –रासस


ताजा खबर