९५३ कोरोना सङ्क्रमित थपिए : १,३७१ सङ्क्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप ९५३ कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० हजार ५७९ जनामा कोरोना परीक्षण गर्दा ९ सय ५३ मा सङ्क्रमण देखिएको हो ।

हाल देशभर सक्रिय सङ्क्रमित १९ हजार ७ सय रहेका छन् । 

पछिल्लो २४ घण्टामा एक हजार ३ सय ७१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको कूल सङ्ख्या ७ लाख ५९ हजार ८ सय ७५ पुगेको छ  । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.१ प्रतिशत रहेको छ ।

यस्तै कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ८७ को निधन भइसकेको छ । 

हाल देशभर ३६३ सघन उपचार कक्ष (आइसियु), १०९ भेन्टिलेटर, १८ हजार ३४० होम आइसोलेसन, एक हजार ३६० संस्थागत आइसोलेसन र २३७ क्वारेन्टिनमा छन् । 

पछिल्लो समय कोरोना भाइरस विरुद्धको खोप दुई लाख १६ हजार ७२५ जनाले लगाएका छन् । अहिलेसम्म ६५ लाख २८ हजार ३९२ ले पहिलो मात्रा र ६० लाख १४ हजार ९४१ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।


ताजा खबर