बसन्त चौधरीलाई हृदयघात : शल्यक्रियाको तयारी

 उद्योगपति, कवि तथा नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीलाई शुक्रबार हृदयघात भएको छ । ३ दिनअगाडि सपरिवार दुबईमा घुमघामका लागि गएका उनलाई हृदयघात भएको हो ।

नेपालमा छँदै एक साताअघि मुटुमा समस्या देखिएपछि उनको नर्भिक अस्पतालमा एन्जियोग्राफी गरिएको थियो । एन्जियोग्राफीमा मुटुमा समस्या देखिएपनि उनी घुमघामका लागि गएका थिए । तर, चौधरी निकट स्रोतका अनुसार भने उनी मुटुमा समस्या देखिएपछि परिवारको दबाबमा थप स्वास्थ्य परीक्षण गराउन दुबई पुगेका थिए।

नर्भिक अस्पताल स्रोतका अनुसार उनलाई हृदयघात भए पनि अवस्था भने गम्भीर छैन । हाल दुबईकै एक अस्पतालमा उनको मुटुको शल्यक्रिया गर्ने तयारी भइरहेको छ।


ताजा खबर