त्रिवि शिक्षण अस्पतालमा छैटौं व्यक्तिको कलेजो प्रत्यारोपण

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा छैटौं व्यक्तिको कलेजो प्रत्यारोपण गरिएको छ।

शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन प्रा डा रमेश सिंह भण्डारीले शुक्रवार राति छैटौं व्यक्तिको कलेजो प्रत्यारोपण गरिएको जानकारी दिए। 

कलेजो प्रत्यारोपणको काम सुस्त भएपनि जारी रहेको उनले बताए। 

छैटौं प्रत्यारोपण गर्नेक्रममा काठमाडौंका एक ३६ वर्षीय श्रीमानका लागि ३१ वर्षीया श्रीमतीले कलेजो दिएकी हुन्। 

डा भण्डारीले फोर्टिस, दिल्लीका चिकित्सक डा विवेक विजले कलेजो प्रत्यारोपणमा सहयोग गरेको भन्दै उनलाई धन्यवाद दिएका छन्। शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सुरू भएयता यसअघि ५ जनाको सफल प्रत्यारोपण गरिएको छ। 

कलेजोले शरीरमा चाहिने प्रोटिन, एन्टीबडी तथा शरीरको इम्युनिटीका लागि चाहिने तत्व तथा रगत ब्लिडिङ रोक्नका लागि चाहिने तत्वहरु बनाउने काम गर्छ। त्यस्तै खाएको खानामा रहेको टक्सिनलाई हटाउने लगायतको काम कलेजोले गर्छ। 

कलेजोको समस्या जुनसुकै उमेरमा पनि हुन सक्ने चिकित्सकहरु बताउँछन्।


ताजा खबर