१,५५० कोरोना मुक्त : १,४७६ संक्रमित थपिए, ९ को मृत्यु

 देशभर शुक्रवार १ हजार ४ सय ७६ जना कोरोना संक्रमित थपिएका छन् । 

१० हजार ५ सय ७५ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा १ हजार १ सय ३  जना तथा ५ हजार १ सय १५ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ३ सय ७३ जना गरी जम्मा १ हजार ४ सय ७६ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

शुक्रवार कोरोना सङ्क्रमणबाट १ हजार ५ सय ५० जना मुक्त भएका छन् । यो सँगै कोरोना सङ्क्रमणबाट अहिलेसम्म ७ लाख ५८ हजार ५ सय ४ जना निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट निको भएको दर ९६ दशमलव जिरो ३ प्रतिशत रहेको छ । 

शुक्रवार कोरोना सङ्क्रमणबाट ९ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८१ जना पुगेको छ । 

देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा २० हजार २ सय ८७ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ । 

जसमा ३ सय ४७ जनाले आइसियु र १ सय ५ जनाले भेन्टिलेटरमा उपचार गराइरहेको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 


ताजा खबर