क्यानडाका प्रधानमन्त्री ट्रुडो तेस्रो पटक निर्वाचित

क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडो तेस्रो पटक निर्वाचित हुनुभएको छ । गत सोमबार भएको संसदीय निर्वाचनमा उहाँ निर्वाचित हुनुभएको हो । मतगणना जारी रहेकाले अहिले उहाँको पार्टी लिवरल पार्टीले अधिकांश ठाउँमा अग्रता कायमै राखेको छ । उहाँ र उहाँको पार्टीको जितसँगै उहाँ तेस्रो पटक प्रधानमन्त्री बन्नु हुने देखिएको छ ।    
    
निर्वाचनमा उहाँको दल र उहाँ फेरि विजयी हुने पुर्वानुमानअनुसार नै उहाँ विजयी हुनुभएको स्थानीय सञ्चार माध्यमहरुले लेखेका छन् ।उहाँ यसअघि सन् २०१५ देखि देशको प्रधानमन्त्री हुदै आउनु भएको थियो । त्यसपछि उहाँले पछिल्लो ६ बर्षमा अहिलेसम्म तीन पटक आम निर्वाचन जित्नु भएको हो ।    
    
अहिले ४९ बर्ष हुनुभएका टु«ुडोले कुबेक शहरको पापीनोबाट सांसदमा निर्वाचित हुनु भएको राज्यद्धारा सञ्चालित प्रसारण संस्था सीबीसीले जनाएको छ । सीबीसी र सीटीभी दुवैले लिबरल दलको सरकार बन्ने अनुमान गरेका थिए ।    
प्रधानमन्त्री ट्रुडोले पनि आफू निर्वाचित भएको जानकारी दिदै निर्वाचन अधिकृतहरूको प्रशंसासहित उनीहरुलाई धन्यवाद दिनुभएको छ ।    
    
अहिले मतगणना भइरहँदा १४१ ठाउँमा उहाँको पार्टीको अग्रता रहेको छ भने विपक्षी दल कन्जरभेटिभ ९९ ठाउँमा अगाडि देखिएको छ । क्यानडामा अहिले ३३८ सिटका लागि निर्वाचन भएको हो । बहुमतका लागि कम्तीमा १७० ठाउँमा जित हासिल गर्नुपर्दछ ।  –रोयटर्स


ताजा खबर