थप १ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण

कोरोना भाइरसबाट आज थप १ हजार ५ सय ५८ जना संक्रमित भएका छन् । 

आज ८ हजार ६ सय ६५ नमूनाको पिसिआर परीक्षण गर्दा १ हजार ८६ जना तथा ३ हजार ७ सय २० नमूनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै आज थप १ हजार ३ सय ५१ जना संक्रमित निको भएका छन् भने निको हुने दर ९५ दशमलव ३ प्रतिशत रहेको छ । 

आज देश भर गरी २५ हजार ४ सय ९७ जना कोरोनाका सक्रिय सदस्य रहेको मन्त्रालयले जनाएको छ । 

यसैगरी आज थप १० जनाको मृत्यु भएपछि कोरोनाका कारण मृत्यु हुनेको कूल सङ्ख्या ११ हजार १२ पुगेको छ । 


ताजा खबर