कांग्रेस शीर्ष नेताबिच विवाद शीघ्र टुङ्ग्याउने सहमति

फाईल फोटो

नेपाली काँग्रेसका शीर्ष नेताबिच पार्टीको क्रियाशील सदस्यता विवाद शीघ्र समाधान गरी १४औँ महाधिवेशनअन्तर्गतका स्थानीय तहका अधिवेशन निर्धारित मितिमा सम्पन्न गर्ने सहमति जुटेको छ ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका शीर्ष नेतासँग समसामयिक राजनीति लगायत पार्टीको महाधिवेशनका विविध विषयमा छलफल गर्नुभएको थियो । 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री द्वय डा शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, नेताहरू कृष्णप्रसाद सिटौला, डा मीनेन्द्र रिजाल, रमेश लेखक लगायत नेता सहभागी बैठकमा क्रियाशील सदस्यता विवाद समाधान गरी यही असोज ५ गते निर्धारित वडा अधिवेशन समयमै सम्पन्न गर्ने सहमति जुटेको पार्टी कार्यालयले जनाएको छ ।

काँग्रेसले यसअघि ६४ जिल्लाको क्रियाशील सदस्यताको काम सपन्न गरी सोको विवरण सार्वजनिक गरिसकेको छ भने ५७ जिल्लामा वडा अधिवेशन समेत सम्पन्न गरिसकेको छ । –रासस


ताजा खबर