फिफाको वरीयतामा नेपाल यथावत्

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत् गरेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत् रहेको  हो । नयाँ वरीयतामा नेपाल १ सय ६८ औँ स्थानमा रहेको छ । अघिल्लो वरीयतामा नेपाल १ सय ६८ औँ स्थानमै रहेको थियो ।

नेपालले हालै भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । नेपालले पहिलो खेल भने १–१ गोलको बराबरीमा खेलेको थियो । दोस्रो मैत्रीपूर्ण खेलमा भारतले नेपाललाई २–१ ले हराएको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा तेस्रो स्थानमा रहेको छ ।

नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत १ सय ७ औँ स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५८ औँ स्थानमा रहेको छ । नेपाल भन्दा तल भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेको छ । बङ्गलादेश १८९ औँ, भुटान १८७ औँ, पाकिस्तान १९८ औँ र श्रीलङ्का २ सय ५ औँ स्थानमा रहेका छन् ।

नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत् रहेको छ । यस्तै ब्राजिल दोस्रो, तेस्रोमा इंग्ल्यान्ड, चौथोमा फ्रान्स र पाँचौँ स्थानमा इटाली रहेका छन् । इंग्ल्यान्ड तेस्रो स्थानमा उक्लिएको हो ।


ताजा खबर