नेपाली क्रिकेट टिमले शुक्रवार अमेरिकासँग खेल्ने

आइसिसी विश्वकप क्रिकेट लिग टु मा चौथो जित निकाल्ने लक्ष्यका साथ नेपाली क्रिकेट टिमले आज शुक्रवार अमेरिकासँग खेल्दै छ । लिग टु मा नेपालले अहिलेसम्म तीन जित निकाल्दा तीनै जित अमेरिकाविरुद्ध रहेका छन् । 

लिग टु अन्तर्गत दोस्रो सिरिज खेलिरहेको नेपालले अमेरिकासँग तीनै खेल जित्दा ओमानसँग तीनै खेल हारेको छ । अमेरिकासँग जित्न सकिन्छ भन्ने मानसिकता नेपाली टिमको बलियो देखिएको छ । 

पहिलो खेलमा अमेरिकालाई ५ विकेटको जित निकाल्दा, ओमानविरुद्धको खेलमा भने नेपाली खेलाडी मानसिक रुपमा पनि केही कमजोर जस्तै देखिएका थिए । ओमानविरुद्ध नेपालका मुख्य स्पिनर सन्दीप लामिछाने पेटको समस्याका कारण बलिङ गर्न नपाउनु अर्को सेटब्याक बन्यो । 

अब नेपाली टिमले यो सिरिजको दोस्रा खेलमा अमेरिकासँग खेल्दै छ । यो खेलमा नेपाली टिमको सुरुवाती ११ मा परिवर्तन हुनसक्ने सम्भावना रहेको छ । तर त्यसको टुङ्गो नेपाली टिमले शुक्रवार खेल्ने पिचको अवस्था हेरेर लगाउनेछ । 

यता ओमानविरुद्धको खेलमा पेटको समस्याका कारण बलिङ गर्न नपाएका सन्दीप लामिछाने शुक्रवार खेलमा पूर्ण फिट भएर उत्रनेछन् । आइसिसी लिग टु मा नेपालले अमेरिकासँग यो चौथो खेल खेल्न लागेको हो । यसअघिका तीनै खेलमा नेपालले जित निकालेको छ । लिग टुको दोस्रो स्थानमा रहेको अमेरिकाविरुद्ध नेपाल जित निकाल्दै चौथो जित निकाल्ने लक्ष्यमा हुनेछ । 

नेपालले शुक्रवार अमेरिकालाई हराएको खण्डमा अङ्क तालिकामा ८ अङ्क बनाउने छ । त्यसपछि सिरिजको अन्तिम खेलमा नेपालले ओमानसँग फेरी खेल्नेछ ।


ताजा खबर