तरलता अभावसँगै बैंक र वित्तीय संस्थाको व्याजदर बृद्धि

तरलता अभाव शुरू भएसँगै बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप र कर्जाको व्याजदर बढाएका छन् । वाणिज्य बैंकहरूले साधारण बचत र मुद्दती खाता दुवैको व्याजदर बढाएका हुन् ।

एक महिना अगाडिसम्म ५० अर्ब भन्दा माथि तरलता रहेको बजारमा अहिले करिब १९ अर्ब रुपैयाँमात्रै तरलता रहेको राष्ट्र बैंकले जनाएको छ । अधिकांश बैंक तथा वित्तीय संस्थाले मुद्दती खातातर्फको व्याजदर बढाएर करिब १० प्रतिशत पु¥याएका छन् ।

त्यसोत, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् रेमिट्यान्सबाट प्राप्त हुने रकमलाई बचतमा प्रोत्साहन गर्नका लागि थप अतिरिक्त १ प्रतिशत व्याजदर दिनुपर्ने व्यवस्था गरेको छ । उक्त १ प्रतिशत व्याजदरसहित बाणिज्य बैंकहरूले दोहोरो अंकमा मुद्दतीको व्याजदर कायम गरेका छन् ।

अब निक्षेपमा सबैभन्दा बढी ब्याजदर सनराइज बैंकले १०.०७ प्रतिशत दिने भएको छ । त्यस्तै धेरै ब्याजदर दिनेमा प्राइम कमर्सियल बैंकले ९.७५ प्रतिशत र मेगा बैंकले ९.५५ प्रतिशत दिने भएको छ ।

त्यस्तै धेरै ब्याजदर दिनेमा बैंकहरुमा एनएमबी ९.५२ प्रतिशत, सानिमा ९.५१ प्रतिशत, ग्लोबल आईएमई ९.५० प्रतिशत, एनसीसी ९.२६ प्रतिशत रहेको छ । यता नबिल बैंकले भने मुद्दती निक्षेपमा ९.२६ प्रतिशत र साधारण निक्षेपमा ४.२६ देखि ६.२६ प्रतिशत ब्याज दिने बताएको छ ।

त्यस्तै सेञ्चुरीले ९.२५ प्रतिशत, सिभिलले ९.२५ प्रतिशत, सिद्धार्थले ९.०५ प्रतिशत, हिमालयनले ९.०० प्रतिशतनेपाल इन्भेष्टमेन्टले ९.०० प्रतिशत, लक्ष्मीले ९.०० प्रतिशत, बीओकेले ८.७७ प्रतिशत, नेपाल बंगलादेशले ८.७६ प्रतिशत, माछापुछ्रेले ८.७५ प्रतिशत दिने बताएका छन् ।


ताजा खबर