कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नाघ्यो

आज थप १ हजार ५ सय ११ जनामा संक्रमण पुष्टि

नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नाघेको छ । 

आज कोरोना सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार २  पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

कोरोना सङ्क्रमणबाट सबैभन्दा बढी मृत्यु हुने उमेर समूह ६० देखि ६९ सम्मका २ हजार ३ सय २३ र सबैभन्दा कम ९ वर्षमुनिका ४७ बालबालिका रहेको मन्त्रालयले जनाएको छ । 

आज नेपालमा थप १ हजार ५ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

११ हजार २ सय ८ वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा १ हजार १ सय ६५ जना तथा ३ हजार ९ सय ७१ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ सय ४६ जना गरी जम्मा १ हजार ५ सय ११ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

गएको २४ घण्टामा १ हजार ६ सय ८९ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । 

यस्तै देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा २५ हजार ७ सय ७२ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ । 

जसमा ४ सय ७ जनाले आइसियु र १ सय २८ जनाले भेन्टिलेटरमा उपचार गराइरहेको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  


ताजा खबर