थप १ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर थप १ हजार ५ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् । 

१० हजार २ सय ६६ वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा १ हजार १ सय ८० जना तथा ४ हजार १ सय ७७ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ सय ८२ जना गरी जम्मा १ हजार ५ सय ६२  जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

गएको २४ घण्टामा १ हजार ५ सय ८९ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा कोरोना सङ्क्रमणबाट निको भएको दर ९५ दशमलव २ प्रतिशत रहेको छ । 

आज कोरोना सङ्क्रमणबाट १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।  

आज १० वर्ष मुनीका ३७ जना बालबालिका र ११ देखि २० वर्षसम्मका १ सय जनामा संक्रमण पुष्टि भएको छ । 

गत २४ घण्टामा सबैभन्दा बढी संक्रमित हुने उमेर समूह २१ वर्षदेखि ३० वर्षसम्मका २ सय ९० जना रहेका छन् भने सबैभन्दा कम संक्रमित हुने उमेर समूह ८० वर्षमाथिका २१ जना रहेको मन्त्रालयले जनाएको छ । 

देशभर २६ हजार २ सय २ कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जसमा ४ सय ५३ आइसियु र १ सय ३७ जना सङ्क्रमितले भेन्टिलेटरमा उपचार गराइरहेको मन्त्रालयले जनाएको हो । 


ताजा खबर