यूएस ओपन टेनिसको उपाधि रुसका डानिल मेदभेदेबलाई

यूएस ओपन टेनिसको उपाधि रुसी खेलाडी डानिल मेदभेदेबले जितेका छन् ।

नोभाक जोकोभिचलाई न्युयोर्कमा पराजित गर्दै मेदभेदेब यूएस ओपनको नयाँ च्याम्पियन बनेका हुन् ।

मेदभेदेवले करियरको पहिलो ग्रान्डस्लाम उचालेका हुन् ।

विश्व वरियताको दोस्रो नम्बरमा रहेका उनले पछिल्ला दुई ग्रान्डस्लाम फाइनल पुगेर समेत गुमाएका थिए ।

उनले जोकोभिचमाथि ६–४, ६–४ र ६–४ को सेटमा जित निकालेका हुन् । –रोयटर्स


ताजा खबर