देशभर १ हजार ४ सय ८६ सङ्क्रमित थपिए

१० वर्षभन्दा कम उमेरका २३ जना बालबालिकामा सङ्क्रमण पुष्टि

आज देशभर थप १ हजार ४ सय ८६ जना कोरोना सङ्क्रमित थपिएका छन् । 

१२ हजार ५ सय ३२ वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा १ हजार १ सय ४९ जना तथा ४ हजार ७ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ सय ३७ जना गरी जम्मा १ हजार ४ सय ८६  जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

गएको २४ घण्टामा १ हजार २ सय ६० जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । 

मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा कोरोना सङ्क्रमणबाट निको भएको दर ९५ दशमलव २ प्रतिशत रहेको छ । 

त्यस्तै, आज कोरोना सङ्क्रमणबाट १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

त्यसैगरी, आज १० वर्षमुनिका २३ जना बालबालिका र ११ देखि २० वर्षसम्मका ९६ जनामा संक्रमण पुष्टि भएको छ । 

गत २४ घण्टामा सबैभन्दा बढी संक्रमित हुने उमेर समूह २१ वर्षदेखि ३० वर्षका २ सय ७० जना रहेका छन् भने सबैभन्दा कम संक्रमित हुने उमेर समूह ८० वर्षमाथिका १५ जना रहेको मन्त्रालयले जनाएको छ । 

देशभर २६ हजार ६ सय ३० कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

जसमा ४ सय ७५ आइसियु र १ सय ३४ जना सङ्क्रमितले भेन्टिलेटरमा उपचार गराइरहेको मन्त्रालयले जनाएको हो । 

No photo description available.


ताजा खबर