एएफसी यू-१९ च्याम्पियनसिपमा नेपाल युएईसँग पराजित : दोस्रो खेल इरानसँग र तेस्रो खेल कीर्गिस्तानसँग खेल्ने

एएफसी यू-१९ च्याम्पियनसिप क्वालिफायर्सको खेलमा नेपाल युएइसँग पराजित भएको छ। इरानको तेहरानस्थित पिएएस स्टेडियममा भएको खेलमा नेपाल ४-० ले पराजित भएको हो।

युएईले नेपाललाई पहिलो हाफमा २ गोल तथा दोस्रो हाफमा २ गोल गरेको थियो। नेपालले पनि आक्रमणको प्रयास गरे पनि सफल हुन सकेन।

युएईले २७, ३८, ८५ र ९६ मिनेटमा गोल गरेको थियो।

प्रतियोगितामा नेपाल समूह ‘डी’ मा रहेको छ। समूह ‘डी’ मा नेपालसहित कीर्गिस्तान, युएइ र इरान रहेका छन्।

नेपालले दोस्रो खेल इरानसँग २२ गते खेल्ने छ। त्यस्तै तेस्रो खेल २४ गते कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्ने छ।


ताजा खबर