त्रिभुवन आर्मी क्लव अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाईनलमा : पाहुना टोली मोलवे एफसी असाम २-0 ले पराजित

कात्तिक २० गते । झापाको बिर्तामोड डोमालाल रङ्गशालामा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपमा त्रिभुवन आर्मी क्लव सेमिफाईनमा प्रवेश गरेको छ ।
बुधवार सम्पन्न खेलमा पाहुना टोली मोलवे एफसी असामलाई २ —० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित ८० मिनेटको खेलमा आर्मीले पहिलो र दोस्रो हाफमा समान १–१ गोल भएको थियो ।

आर्मीको जितका लागि टेकबहादुर बुढाथोकी र दिपक गुरुङले समान १/१ गोल गर्नुभयो । खेलको छैटौ मिनेटमै आर्मीका टेकबहादुर बुडाथोकीले गोल गर्दै अग्रता बनाउनुभएको हो ।
दायाँ कर्नरबाट टंक बस्नेतले दिएको क्रस पासमा टेकबहादुरले हल्का प्रहारमै गोल सम्भव भएको हो । टंकको क्रसमा आएको एयर बललाई चिप गर्दै टेकबहादुरले गोलपोस्टको दिशा दिँदै गोलको खाता खोल्नुभयो ।

प्रतिस्पर्धात्मक खेलमा अधिकांश समय आर्मीले असामको गोलपोस्टमा आक्रमण बुनेको थियो । त्यस्तै, असामले आर्मीविरुद्ध संघर्षपूर्ण प्रदर्शन गरेर झापाली दर्शकको समर्थन बटुलेका थियो । तर, असामका खेलाडीको फ्रन्ट लाइनमा फिनिसिङ राम्रो नहुँदा स्कोर भने हुन सकेन ।

असामका खेलाडीले खेलको ७४ मिनेटसम्म आर्मीलाई १–० को स्थितिमा रोकेको थियो । तर, असामका गोलरक्षक अल्बर्ट ह्मारको कमजोरीले आर्मीले अग्रता दोब्बर बनाएको थियो ।
खेलको ७४औँ मिनेटमा पाएको फ्रिकिकमा दिपक गुरुङको प्रहार गोलमा परिणत भएको थियो । दिपकको सोझै प्रहार गोलरक्षक अल्वर्टको हातमा परे पनि बल फुत्किएर जाली चुमेको थियो । प्रतियोगितामा पाहुना टोलीमाथि आर्मी हावी देखिएपनि आसामका फुर्तिला खेलाडीले छोटो पास खेलेर झण्डै आधा दर्जन गोलको अवशरहरु श्रजना गरेपनि शारिरीक रुपमा समेत सशक्त रहेका आर्मीका रक्षापङ्तिका खेलाडी बाधक बनेका थिए ।

खेलको म्यान अफ दी म्याच खेलको पहिलो गोलकर्ता आर्मीका टेकबहादुर बुढाथोकी हुनुभयो उहाँले नगद १० हजार प्राप्त गर्नुभयो ।
१० वटा टिम सहभागी गोल्डकपमा बिहीबार चर्च ब्वाइज एफसी काठमाडौँविरुद्ध गोर्खा ब्वाइज एफसी बुटबलबीच हुनेछ । गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजार रुपियाँसहित ट्रफी पाउनेछ।

रासस


ताजा खबर