ॐ अस्पतालमा मेगा बैंकका ग्राहकहरुलाई विशेष छुट

काठमाडौंको चाबहिलस्थित ॐ अस्पताल तथा रिसर्च सेन्टरले मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई विशेष छुट दिने भएको छ ।

ॐ अस्पताल र मेगा बैंक नेपाल लिमिटेड बीच बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो ।

सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले ॐ अस्पतालमा कुल बिलको १० प्रतिशतसम्म छुट पाउने छन् ।

यसैगरी, मेगा बैंकका ग्राहकहरुलाई प्राथमिकता दिँदै अस्पतालले उपचारमा ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’ प्रदान गर्ने भएको छ ।

तीन दशक अघिदेखी नेपालको निजीस्तरमा संचालित अग्रणी स्वास्थ्य सेवा प्रदायक संस्था ॐ अस्पतालले कोभिड १९ (कोरोना भाईरस)को बिश्वब्यापि महामारीको यस बिषम परिस्थितिमा पनि निरन्तर स्वास्थ्य उपचार सेवा प्रदान गरिरहेको छ ।

ॐ अस्पतालले कोभिड-१९ लाई लक्षित गरी भिन्नै कोभिड इमर्जेन्सी बेड सहित आठ बेड सहितको बिशेष कोभिड १९ आइसोलेशन वार्ड तथा कोभिड आइसियु समेत संचालन गरेको छ । नेपाल सरकारसँगको सहकार्यमा संचालित सहुलियत सहितको मिर्गौला रोगीहरुको डालाईसिस सेवा तथा क्यान्सरका बिरामीहरुको किमो थेरापि लगायतका उपचार सेवा समेत सुचारु रहेको छ ।

मातृशिशु स्वास्थ्य र नवजात शिशुको उपचारमा सेन्टरअफ एक्सिलेन्सको रुपमा समेत परिचय वनाएको ॐ अस्पताल निःसन्तानपनको उपचार केन्द्रका रुपमा पनि उत्तिकै चर्चित छ ।

पछिल्लो समयमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा स्वास्थ्य सेवा विभागसँगको सहकार्यमा मृगौला रोग लागि मृगौला कमजोर भएका विरामीहरुको निःशुल्क डायलाईसिस सेवा तथा क्यान्सरका विरामीहरुका लागि नेपाल सरकारले उपलब्ध गराएको एकलाख सहुलियत सहितको विशेष उपचार सेवा समेत प्रदान गरिरहेको छ ।

७० बर्षभन्दा माथिका नेपाली जेष्ठ नागरिकहरुको सम्मानमा अस्पतालले उपचार शुल्कमा १० प्रतिशत छुटसमेत प्रदान गर्दै आइरहेको छ भने शनिवार समेत बिशेषज्ञ सहितको ओपिडी (बहिरङ्ग सेवा) संचालन गरेको छ । –रासस


ताजा खबर