कुमारी बैंक र मेडी क्वेष्ट ल्याबरोटोरीबीच सहुलियत सेवा सम्झौता

कुमारी बैंकले आफ्ना ग्राहकहरुलाई स्तरीय स्वास्थ्य परिक्षण सेवामा सहुलियत दिने उद्देश्यले जावलाखेल, ललितपुरस्थित मेडी क्वेष्ट ल्याबरोटोरीसँग सम्झौता गरेको छ । सम्झौतामा आफ्ना सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको जनाएको छ ।

कुमारी बैंकका मार्केटिङ प्रमुख श्री नवीन मुनि बज्राचार्यज्यू तथा मेडी क्वेष्ट ल्याबरोटोरीका तर्फबाट कार्यकारी अध्यक्ष सुनिल श्रेष्ठज्यूले सम्झौतमा हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार मेडी क्वेष्ट ल्याबरोटोरीबाट उपलब्ध हुने विभिन्न ल्याव परिक्षण सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा २०% सम्मको छुट प्राप्त गर्न सकिनेछ ।

डिजिटल सामर्थ्यलाई परिस्कृत गर्न कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १६५ एटिएम, २८ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध गराउँदै आएकोे र आगामी दिनहरुमा यसलाई अझ थप सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु परिष्कृत पार्दै लैजाने समेत बैंकले प्रतिबद्धता जनाएको छ ।


ताजा खबर