राष्ट्रिय महिला फुटबल टोलीको तयारी सुरु

राष्ट्रिय महिला फुटबल टोलीले एशिया कप छनोटको तयारी सुरु गरेको छ ।

महिला फुटबल टोलिका प्रमुख प्रशिक्षक गैरी फिलिप्सले बन्द प्रशिक्षणका लागि ४५ खेलाडी छनोट गर्नुभएको थियो ।

अखिल नेपाल फुटबल संघका अनुसार राष्ट्रिय महिला टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा तयारी स्वरुप बन्द प्रशिक्षण सुरु गरेको छ । प्रमुख प्रशिक्षक गैरी फिलिप्सको प्रशिक्षणमा रहेको महिला टोलीका ४५ जना खेलाडी प्रशिक्षणमा सहभागी छन् ।

सन् २०२२ को एशिया कप फुटबल अघि हुने छनोट खेलका लागि महिला टोली तयारीमा जुटेको हो । छनोट खेल सेप्टेम्बर १३ देखि २५ सम्म हुनेछ । छनोट खेलमा फिलिपिन्स र हङ्कङ्सँगै नेपाल समूह एफमा छ । –रासस


ताजा खबर