एमाले स्थायी कमिटी बैठकले आज बस्दै

 प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज विहान ११ बजे बस्दैछ ।

तुलसीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा बस्ने बैठकले भोलि सोमबार बस्ने केन्द्रीय कमिटीको बैठक एजेण्डा तय गर्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

बैठकमा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिनेबारे पार्टी पङ्तिलाई ह्वीप जारी गर्ने र त्यसकालागि आवश्यक छलफल हुने नेता तामाङले बताउनुभयो । सोहीअनुसार विघटित कार्यदलले गरेको १० बुँदे सहमति र त्यसको कार्यान्वयनका विषयमा पनि छलफल हने बताइएको छ । गत शुक्रबार बसेको स्थायी कमिटी बैठकले १० बुँदे सहमति अनुमोदन गरिसकेको छ ।

एमालेले भोली सोमबार केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ । १० बुँदे सहमति केन्द्रीय कमिटी बैठकबाट पनि अनुमोदन गर्ने तयारी सो दलले गरेको छ । विघटित कार्यदलका सदस्यहरु पार्टी एकताका लागि अनौपचारिक छलफल जारी राखेकाले त्यसका लागि नेताहरुले एकताका लागि नेतृत्व पङ्तिलाई दवाव दिने तयारी गर्नुभएको छ । हिजो शनिबार पनि कार्यदलका सदस्यहरु बालकोट पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएको थियो ।


ताजा खबर