स्वरुपराज आचार्य र लक्ष्मी मल्लको लोकदोहोरी ‘डाँडाघरे साइँली’

 गायक स्वरुपराज आचार्य र गायिका लक्ष्मी मल्लको स्वर रहेको लोकदोहोरी ‘डाँडाघरे साइली’ बजारमा आएको छ ।

संगीतकार श्रीकृष्ण बम मल्लको संगीत, गीतकार कृष्ण केसीको शब्दमारहेको छ । ‘डाँडाघरे साइँली’ दाहोरी गीतसँगै गायक स्वरुपले पहिलो पटक लोकदोहोरी गीत गाएका हुन्।

संगीत संयोजक कृष्ण विक भान्जाको संगीत संयोजन रहेको गीतको रेकर्डिङ प्रिज्म स्टुडियोले गरेको हो। गीतको अडियो सम्पादन श्याम स्वेत रसाइलीले गरेका हुन्।

गीतको भिडियोमा मौलिक दृश्यलाई बढी जोड दिइएको छ । भिडियोमा गाउँमा हुने यथार्थ र मौलिक कथालाई मुख्य विषयवस्तुका रुपमा जोडिएको छ । भिडियोमा श्रीकृष्ण बममल्ल, शिल्पा पोखरेल, करिश्मा ढकाल र प्रकाश सपुतको अभिनय देख्न सकिन्छ ।

यस भिडियोको निर्देशन देवेन्द्र बब्लुले गरेका छन् भने विशाल घिमिरेको क्रियटिभ निर्देशन रहेको छ । भिडियोको कोरियोग्राफी मौसम हिमालीको रहेको छ भने नवराज उप्रेतीको छायाँकन रहेको छ । भिडियोको सम्पादन दिनसन शाहले गरेका छन् ।


ताजा खबर